विराटनगरका किराना पसलमा अनुगमन : म्याद गुज्रिएका खाध्यान्न नष्ट

विराटनगरका किराना पसलमा अनुगमन : म्याद गुज्रिएका खाध्यान्न नष्ट

विराटनगर चैत १९,

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की नेतृत्वको टोलीले मंगलबार बजार अनुगमन गरेको छ ।

नगरको विभिन्न स्थानमा रहेका किराना पसलहरुको अनुगमन गर्दा कसैले पनि मुल्यसूची राखेको नभेटिएपनि विराटनगर - १ पानीटंकी स्थित अष्टचिरञ्जिवी खाध्यान्न ट्रेडिङले म्याद गुज्रिएको सामान बिक्री वितरण गरिरहेको अनुगमन टोलीले फेला पारेको थियो । ट्रेडिङबाट बिक्रीका लागि राखिएको हजारौ मुल्य बराबरको म्याद गुज्रिएका पेय पदार्थदेखि तितौरा पाऊँसम्मका खाध्यान्न टोलीले जफत गरी नष्ट गरेको थियो ।

उपमेयर कार्कीले यस्तो महामारीको बेला कालो बजारी र कमसल खाध्यान्नको बिक्रीलाई निस्तेज गर्न ज्यानको बाजी थापेर अनुगमनमा हिँडेको बताईन ।

उनले नगरवासीको हित र स्वास्थ्यका लागि लकडाउनको बेलापनि अनुगमन नरोकिने स्पष्ट पारीन् । ट्रेडिङका संचालक महेश अग्रवालले आफूबाट गल्ति भएको स्वीकार गर्दै आईन्दा गलत कार्य नगर्ने भन्दै टोली सामू माफी मागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्