ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसनमा

<span class='c1'>ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र</span> <span class='c2'>खोकीको लक्षण देखिएपछि आईसोलेसनमा</span>

ओखलढुंगा, चैत  १९। ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसन वार्डमा राखिएको छ । केही समयअघि भारतबाट ओखलढुंगा आएका दुई जना युवतीमा सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसन वार्डमा राखिएको हो ।

उनीहरुमा सामान्य खालको ज्वरो र खोकीको लक्षण देखिएपछि मंगलबारबाट आईसोलेसन वार्डमा राखिएको जिल्ला कमाण्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

आइसोलेसनमा राखिएका ति दुई युवतीमध्ये एकजना ८ दिन अघि र अर्का एकजना १० दिन अघि मात्र भारतबाट ओखलढुंगा अईपुगेको खुल्न आएको छ । अब उनीहरुको स्वाब परीक्षणका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसंग समन्वय गरी पठाउने तयारी गरिएको छ ।

हाल ती युवतीका आफन्तहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । यसैबीच ओखलढुंगा जिल्लामा क्वारेन्टाइनमा बस्ने युवाहरुको संख्या ११ पुगेको छ । मंगलबारबाट जिल्ला सदरमुकाम स्थित ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टाइनमा ७ जना युवायुवती बसेपछि यो संख्या बढेर ११ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्