चोरबाटो हुदैं नेपाल प्रवेश गरेर विराटनगर बसपार्कमा बसेका १३ जनालाई क्वारेन्टाइनमा पठाइयो

चोरबाटो हुदैं नेपाल प्रवेश गरेर विराटनगर बसपार्कमा बसेका १३ जनालाई क्वारेन्टाइनमा पठाइयो

विराटनगर, चैत १९ ।

भारतको विभिन्न स्थानबाट चोरबाटो हुदैं नेपाल प्रवेश गरेर विराटनगर बसपार्कमा बसेका १३ जना नेपालीहरुलाई क्वारान्टाइनमा लगिएको छ । उनिहरु सवै जना रुकुम जिल्लाका भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

भारतबाट आएका हुनाले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित राख्ने र स्वास्थ्य परीक्षणपछि घर फर्काइदिने मोरङ प्रहरीले जानकारी दिएको छ ।

मोरङको मिक्लाजुङस्थित टाँडीमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखेर प्रारम्भिक उपचार थालिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्