प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड रुपैया बढी संकलन

प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड रुपैया बढी संकलन

विराटनगर । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ ।

यो कोषमाप्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका छन्् । कोषमा मन्त्रीपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७लाख, कृषिविकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट दुई लाखदुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयकाकर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमाजम्माभएको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारलेकोषको स्थापना गरेको हो । कोषराष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१मा जम्मा गर्न तथाफोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्रीकार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्