प्रदेश नम्बर १ अपडेट : ५४ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश नम्बर १ अपडेट : ५४ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५४ जनाको नमूना संकलन भएको छ ।
प्रदेशका विभिन्न अस्पतालहरुबाट आज सम्म ५४ जनाको नमूना संकलन भएको हो । नमूना संकलन गरिएका मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

१२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । प्रदेश नं. १ बाट आज ८ जनाको नमूना संकलन गरिएको छ ।

मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमूना संकलन गरिएको प्रवक्ता डा. मेहताले बताउनुभयो । सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘आज मात्रै १२ जनाको रिपोर्ट आयो ।’ डा. मेहताका अनुसार प्रदेशभरिमा आज सम्म कोरोना भाईरसका शंकास्पद १ सय १९ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् ।

जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५÷५ जना रहेका छन् । आज सम्म आईसोलेसनमा ३ पुरुष सहित ९ जना विरामी भर्ना भएका छन् । ओखलढुङ्गा, उदयपुर र पाँचथर २÷२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १÷१ जना पुरुष आईसोलेसनमा भर्ना भएका हुन ।

प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताउनुभयो । उहाका अनुसार प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा आज १ हजार २ सय ४६ जना विरामी आएको डा. मेहताले बताउनुभयो । आज प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ७ थान वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्