विराटनगर-१५ का युवामा देखिएन कोरोना , परीक्षणको रिपोर्ट नेगेटिभ

विराटनगर-१५ का युवामा देखिएन कोरोना , परीक्षणको रिपोर्ट नेगेटिभ

विराटनगर चैत्र २०  ।नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई कोरोनाको आशंकामा युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगर -१५ निवासी उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको विराटनगर महानगरका फोकल पर्सन डा. साहिल थपलियाले जानकारी दिए ।

उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्