विराटनगरका श्रमजीवीको लकडाउनले बिजोक, परिवारकाे बिचल्ली

विराटनगरका श्रमजीवीको लकडाउनले बिजोक, परिवारकाे बिचल्ली

रबिन्द्र बराल , विराटनगर चैत्र २१

बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउनका कारण अहिले गरिव परिवारहरु बढी मात्रा समस्यामा परेका छन ।

ज्याला मजदुरी गरेर आफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई दुईछाक हातमुख जाेडन समस्यामा परेका छन् । बिराटनगर ८ मा बसाेवास गर्ने ७० बर्षकि एक बृद्ध अहिले बिराटनगर स्थित ट्राफिक कार्यलयको पेटिमा बसेर मकै पाेलेर बिक्री गर्दे गरेकी छिन । उनले आफ्फ्नाे दुखेसाे यसरी पाेखिन 'श्रीमानको मृत्यु भएको पनि धेरै बर्ष बितिसक्यो । घरमा ५ बटा छाेरीहरुलाई बिगत २५ बर्षदेखी यहि ठाउँमा बसेर मकैकाेे व्यापार गरेर छाेरीहरुकाे पालनपोषण गरिरहेको  तर अहिले लकडाउनले घर चलाउन ग्राहो भएको उनले बताईन । बजार खुल्ला भएको बेलामा दैनिकी १ सय ५० बटा मकै पाेलेर राम्रो अाम्दानी गर्ने गरेता पनि अहिले लकडाउनकाे समयमा १० देखि २० बटा मात्रै मकै बिक्री हुने गरेको उनलेे बताईन । अब आफ्नाे छाेरीहरुलाई कसरी पालनपोषण गर्नु भन्दै बिलाैना समेत गरिरहेेकि छन ।

उनी जस्तै एक रिक्सा चालककाे पनि दुखेसो कम छैन । उनी भन्छन घरपरिवारमा तीन छाेरा छाेरी र श्रीमती छन घरमा एक दाना चामल सेमत छैन । अहिले सरकारले काेराेना राेग आएकाे भन्दै लकडाउन गरेर आफुहरुलाई समस्या परेको उनलेे बताए । घरमा बसाै भने छाेरा छाेरीहरु भाेक लाग्याे भन्छन ।

रिक्सा लिएर बजार निस्कियाे भने प्रहरी घर जानू भन्छ हामी गरिव कहाँ जाँउ भन्दै दुखेसो पाेखे । बरु भाेकले मर्नु भन्दा राेग लागेरै मराै भनेर रिक्सा चलाउन बजार आएकाे उनलेे बताए ।

यी उदाहरण पात्र मात्रै हुन् , यसरी लकडाउनमा धेरै श्रमजीवीको जीवनमा समस्या परेको छ । उनीहरुलाई जतिसक्दो चाडो राहतको व्यवस्था गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्