सहारा नेपालद्धरा ५० लाख रुपैयाँ कोरोना कोषमा जम्मा गर्ने घोषणा

सहारा नेपालद्धरा ५० लाख रुपैयाँ कोरोना कोषमा जम्मा गर्ने घोषणा

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ ।

कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तरगत ५० लाख रुपैयाँको सहकार्य साथै राहत प्याकेज घोषणा गरेको सहकारीले बिज्ञप्ती जारी गरेर जनाएको छ ।

प्रदेश एकका ६ जिल्लामा लगूबित्त र बैकिंग दुवै मोडलमा बचत तथा ऋणको कारोबार गरिरहेको सहकारीले यस अघि कोरोना राहात कोषमा २० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
सस्था शुक्रबार २५ औ बर्ष पुगेको अवसरमा थप ३० लाख रुपैयाँ राहात कोषमा जम्मा गर्ने निर्णय गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले बताए ।

यस विपतको घढीमा प्रदेश सरकार, स्थानीय तह, विपत व्यस्थापन समन्वय समितिहरुको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइनमा बसेका, र बिपन्न परिवारका लागि खाद्यान्नका लागि सहयोग होस भनेर सहकारीले आर्थीक सहयोग गरेको गिरीले बताए ।
उनले सुरक्षाकर्मी र स्वास्थयकर्मीका लागि आवश्यक पर्ने पीपीइ खरिदमा सहयोग होस भनेर यस अघि नै सहारा कर्मचारी मानविय सहायता कोषमा रहेको २० लाख रुपैयाँ दिने घोषणा गरिएमा शुक्रबार थप ३० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।

झापा मोरङ सुनसरी उदयपुर,पाँचथर र इलाम जिल्लामा सहकारी मार्फत काम गरिरहेको सस्थाले सहारा कर्मचारी मानवीय सहायता कोष बाट आजै बाट उद्घाटन भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर चार लाखा रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको हो ।
केन्द्रका लागि एक महिनाका लागि पुग्ने चामल,दाल तेल आलू प्याज, चना, चिउरा, भुजा, नुन चिनी, पानी, साबुन लगायतका सामाग्री सस्थाले आफैले किनेर उपलब्ध गराएको हो ।
प्रदेश एक सरकारसँगको समन्वयमा एक महिनाका लागि पुग्ने गरि सामान किनिएको सस्थाले जनाएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका इलाका प्रमुख ओम साहाले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइए र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाइ सो खाद्य सामाग्री हस्तान्तरण गरे ।
कोरोना उपचारका लागि स्थापना गरिएको अस्पतालका लागि आवश्यक पर्ने खाद्यान्नको लिष्ट र परिणाम सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको थियो ।

यस्तै शक्रबार मुख्यमन्त्री शेरधन राईलाई मोरंगको टाँडी स्थित क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउन एक लाख ५१ हजार रुपैयाँको चेक साहारा नेपालले हस्तान्तरण गरेको छ ।
इलाका प्रमुख साहाले प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा जम्मा हुनेगरि एक लाख ५१ ह्जार रुपैयाँको चेक हस्तान्तरण गरेक हुन् ।

सहकारीले बाँकी रकम प्रदेश सरकारसँगको समन्वयमा हस्तान्तरण गर्दै जाने सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।
यस अघि पनि सहारले बाढीका कारण घरबार विहिन भएकाहरुलाई घर बनाउने काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्