विराटनगरका आलमले लकडाउन अवधीभरी राहत वितरण गर्ने घोषणा

विराटनगरका आलमले लकडाउन अवधीभरी राहत वितरण गर्ने घोषणा

विराटनगर । विराटनगरका एकजना युवा ब्यवसायी एवम समाजसेवीले लकडाउन अवधिभरि राहत स्वरुप खाद्यान्न बाँड्ने घोषणा गरेका छन ।

विराटनगर–११ निवासी ब्यवसायी एवम समाजसेवी दिलसाद आलमले लकडाउन अवधिभरि विपन्न र असाहायहरुलाई खाद्यान्न बाँडने घोषणा गरेका हुन् । आलमले विराटनगरको ट्राफिक चोकमा रहेको आफ्नो ब्यावसायिक स्थललाई केन्द्र बनाएर घोषणा अनुसार राहत बाँडने कार्य शुरु गरेका छन् ।

घोषणाको पहिलो दिन शुक्रबार १ सय १० जना विपन्न,असहाय र एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ । सो क्रममा पीडितहरुलाई १० किलो चामलसहित,दाल,तेल र आलु प्रदान गरिएको छ ।

कोरोना भाईरसको जोखिमलाई नियन्त्रणगर्न घोषणा गरिएको लकडाउनले विपन्न,असहाय र एकल महिलाहरु भोकभोकै बस्ने अवस्था सृजना भएपछि आफुले लकडाउन अवधिभरि यसप्रकारको अभियान चलाउने उनले बताए । लकडाउन अवधिभरि पीडितहरुलाई दैनिक १ लाख बराबरको राहत आफुले ब्यक्तीगतरुपमा उपलब्ध गराउने समेत उनले बताए । अभियानबाट जिल्लाभरिका पीडितहरुले राहतस्वरुप खाद्यान्न प्राप्त गर्न सक्ने आलमको भनाई छ ।

युवा अभियन्ता आलमले सर्वसाधारणलाई आफ्ना छरछिमेकमा भोकभोकै बस्नुपरेका मानिसहरुका बिषयमा मोबाईल मार्फत जानकारी गराउन समेत आग्रह गरे । नगरक्षेत्र आसपासका पीडितहरुले ट्राफिक चोकमा राखिएको केन्द्रबाट र जिल्लाका अन्य ठाँउका पीडितहरुलाई कर्मचारी खटाएर घरमै राहत पु¥याउने ब्यवस्था गरेको आलमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्