नेपाली युवा उद्यमी मंच विराटनगरद्वारा महानगरलाई खाद्य सामाग्री हस्तान्तरण

<span class='c1'>नेपाली युवा उद्यमी मंच विराटनगरद्वारा</span> <span class='c2'>महानगरलाई खाद्य सामाग्री हस्तान्तरण</span>

सुभाष भण्डारी ,बिराटनगर
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक काम गरेर खाने मजदुर तथा बिपन्न बर्ग भोकै बस्नु परेको छ । यस्तो असहज अबस्थामा त्यस वर्गको जीवनयापनमा सहजता प्रदान गर्न युवा उद्यमीहरुको छाता सङ्गठनको रुपमा रहेको नेपाली युवा उद्यमी मंच विराटनगरले विराटनगर महानगरको अभियानमा सहयाेग गरेकाे हो ।

मंचले आज एक कार्यक्रम बिच महानगरले सुरु गरेको अभियानमा तीन लाख रुपैयाँ बराबरको ३ हजार केजि दाल सहयाेग हस्तान्तरण गरेको छ ।
बिरेन्द्र सभागृहमा एक कार्यक्रमका बिच मंचका अध्यक्ष मनोज बिक्रम शाहले विराटनगर महानगरका मेयर भिम पराजुलीलाई उक्त सहयाेग हस्तान्तरण गरेका हुन् ।

नयाँ सोचको विकास ,एकता , शिक्षा र तालिमको माध्यमबाट उद्यमशिलताको बिकासका लागि युवा उद्यमीहरुलाई अघि बढाउने उद्देश्यका साथ नेपाल चेम्बर अफ कमर्सद्वारा युवा उद्यमी मंचको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्