कविता
****
शिर्षक - पधेर्नीका गफ
***
हेर माईली,
मलाई कण्ठै था छ,
मेरो प्यारो भोले, तेरो देवर अल्ला,
पारिगाउंको खि्रिष्ट, तल लिम्वुनीको छोरो वुद्धे,
अरपमा एउटै कम्पनीमा काम गर्छन,
एउटै कोठामा वस्छन,
दिम्सो डिप्टी पर्ने राति सुत्छन,
राति डिप्टी पर्ने दिउंसो सुत्छन्,
एउटाले कुचो लाउंछ,
अर्को विहानैदेखिका जुठा भांडा मस्काउंछ,
एउटाले लुगा धुन्छ,
अर्को भात पकाउंछ,
छुट्टीका दिन
संगै सपिङ गर्न जान्छन्
सुख दुःख वाड्छन
फरक नाम एकै ज्यान
भएर वसेका छन् ।
***
सांचि माईली,
त्यो ख्रिस्टेको एजेन्ट छ नि ?
त्यो के भाको ?
गाउँ गाउँमा अफिस खोल्ने जताततै चर्चा छ रे,
ठुलो मुख वाई, वल गरेर कराउंछ रे
तिर्खाले प्याक प्याक परेकाहरूलाई
झरनाको फोटो देखाएर हाकालाका साकालाका "तिर्खा मर्यो ? " भनि सोध्छ रे
आंखा राम्रो देख्नेलाई अन्धो छस, आंखा खोल्दिन्छु
कान सुन्नेलाई वहिरो छस् निको पार्दिन्छु भन्छ रे
हुंदाहुंदै हलाहल आफै पिएर संसारलाई अमृत पिलाउने
हाम्रो भोलेलाई शैतान भन्दै हिड्छ रे
***
वुद्धे कि आमा पनि हिजो भन्दै थी,
उसको कम्पनीवाट विदेश गए
सबैको रक्सी छुटाईदिन्छ अरे ,
तासजूवा खेल्ने कुलत हटाइदिन्छ रे,
कैले मास्टर वोलाएर अंग्रेजी फिरीमा सिकाईदिन्छ रे,
उसकि यसोदा छे नि
येसु क्या येसु,
उसका नाममा घरवार गरिदिए,
रोगव्याधी निको पारिदिन्छु भन्छ रे,
अझ उसका मण्डलीमा लागेर अरु मान्छे फकाईदिए
छोराछोरी वोर्डिङमा फिरी पढाईदीन्छ रे,
महिनावारी डलर दिन्छु भन्दै हिन्छ रे
***
छन त नि माईली,
भोलेलाई पठाउने
वुद्देलाई पठाउने
अल्लालाई पठाउने एजेन्ट पनि छन् गाउँमा,
उनीहरुका पुराना अफिसमा मान्छे धाईरहन्छन,
चन्दन टीका लाईरहन्छन,
माने घुमाउंदै मन्नत मागिरहन्छन् ।
आखिर तिनीहरु पनि एजेन्ट न हुन,
ती पनि कम छैनन् तर
कमसेकम मिलेर गरी खाम भन्छन,
एक अर्कालाई शैतान भन्दैनन्,
अस्ति नै अयोध्या घुम्न जांदा
अल्ले र भोलेका एजेन्ट
एउटै कुर्सीमा वस्छौ भनेर काटाकाट गरेपनि
नेपाल आएपछि मिलेरै वस्या छन्
संगै जन्ती मलामी गएकै छन
माटाको साथ ढुंगो भएकै छन ।
*****
खै के गर्ने हो माईली,
हाम्रा घरका मान्छे त ख्रिष्टेको एजेन्ट देख्यो कि
दयाकै दृष्टिले हेर्छन्, विचरा गरिखाओस भन्छन ।
तर लाटासोझा गरीवलाई नक्कली भिसामा
फसाएको देखेर दुखी हुन्छन् ।
गावैपिच्छे अफिस किन चाईएको तेल्लाई ?
घन खुंडा खुकुरी त हाम्रो घरमा नि छन माईली
अति भयोे भने त तिनीहरू पनि घांसमात्र काटेर वस्तैनन
ला गाग्रो भरिएछ
लागें ल म त,
वसुधैव कुटुम्वकम
भुवन कुमार वाग्ले
विराटनगर