विराटनगरमा ५० बेड सहितको कोरोना उपचार केन्द्र संचालनमा

विराटनगरमा ५० बेड सहितको कोरोना उपचार केन्द्र संचालनमा

विराटनगर । विराटनगरमा ५० बेड सहित १० वटा भेन्टिलेटर भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखि संचालनमा आएको छ ।

गत चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्प्तालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार १० वटा भेन्टीलेटर सहित ५० बेडको अस्पताल संचालनमा आएको हो । अस्पतालको मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरेले अनुगमन गर्नुभएको छ । कोरोनाको संक्रमण रोेकथाम र नियन्त्रणका लागि प्रदेश सरकार सचेत भएर अगाडी बढीरहेको मख्यमन्त्री राईले बताउनुभयो । केन्द्र संचालन र व्यवस्थापनको जिम्मा कोशी अस्पताललाई दिइएको छ ।कोरोना संक्रमणको प्रभाव नियन्त्रणमा आइसकेपछि पनि उक्त केन्द्रलाई अन्य स्वास्थ्य उपचार सेवा वा शिक्षण अस्पतालका रुपमा संचालन गरिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुकालागि व्यक्तिगत स्वास्थ्य सुरक्षा र बिमा गरिने छ । साथै अतिक्ति भत्ताको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्