विराटनगर कोरोना अपडेट: अहिलेसम्म ११ जनाको स्वाब पठाइयो,९ जनाको नेगेटिभ

विराटनगर कोरोना अपडेट: अहिलेसम्म ११ जनाको स्वाब पठाइयो,९ जनाको नेगेटिभ

विराटनगर, चैत २२ ।

भारतसंग सिमा जोडिएको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि कोरोना भाइरसको संक्रमण फैलने डरले  लकडाउन कडा बनाइएको छ ।

विराटनगरबाट हालसम्म कुल ११ जनाको कोरोना भाइरस संक्रमणको आशंकामा ११ जनाको थ्रोट स्वाब संकलन गरी जाचँको लागि पठाएको छ । कोशी अस्पताल विराटनगरले चैत्र २१ गते सम्म काठमाडौं तथा धरानबाट स्वाब पठाएको हो । थ्रोट स्वाब संकलन गरिएका मध्ये ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य २ जनाको रिपोर्ट पनि चाडै आउने कोशी अस्पतालका डा. डेन प्रसाद आचार्यले आवर विराटनगरलाई बताए ।

विराटनगरबाट अन्य ३ जनाको पनि स्वाब पठाउने तयारी गरिरहेको डा. आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्