मनकारी विराटनगरको मारवाडी समाज : ६ लाख बराबरको ५ सय प्याकेट खाद्यान्न सहयोग

मनकारी विराटनगरको मारवाडी समाज : ६ लाख बराबरको ५ सय प्याकेट खाद्यान्न सहयोग

विराटनगर चैत्र २२ ,

मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम वरावरको ५ सय प्याकेट खाद्यान्न  सहयोग गरेको छ। मारवाडी युवामञ्च विराटनगर सहित ४१ क्लवले कोरोना महामारीका लागि राहत सामगी जुटाएका हो ।

मारवाडी युवामञ्च विराटनगरका अध्यक्ष युवा समाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका संस्थापक अध्यक्ष उद्योगी सुरेन्द्र गोल्छा तथा मारवाडी युवा संगठनका केन्द्रीय संस्थापक अध्यक्षले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई राहत सामगी हस्तान्तरण गर्नु भयो । मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिका वाहेक एक हजार परिवारलाई ५ लाख भन्दा वढी गरीव,मजदुर परिवारलाई राहत सामगी वितरण गरेको जनाएको छ । मारवाडी समाज विराटनगर द्रारा राहत वितरण कार्य जारी रहेकोले सहयोग रकम बढ्ने उद्योगी सुरेन्द्र गोल्छाले जानकारी दिनुभयो ।

शनिवार बिहान मारवाडी समाजले १० किलो चामल, २ किलो दाल, ३ किलो आलु, २ किलो चिउरा, १ लिटर तोरी तेल र १ किलो नुन सहित विस्कुट तथ सावुन गरि २० किलोको ५ सय परिवारलाई पुग्नेगरी राहत सामाग्रीको राहत प्याकेट विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई हस्तान्तरण गरेको नेपाल मारवाडी युवा मञ्च विराटनगरका पुर्ब अध्यक्ष राजेश लखोटियाले बताउनुभयो ।

प्राप्त राहत सामाग्री बिराटनगरका अति बिपन्न दैनिक मजदुरी गरी गुजारा गर्ने परिवारलाई बितरण गरिनेछ । राहत बितरणमा मोहनलाल शर्मा, भिखमचन्द सरल, नन्दकिशोर राठी, शिवरतन जोशी, राजेश लखोटिया, अरुण खेतान, जितेन्द्र गोल्छा, जय शर्मा, मोहित लालवानी, अमिता पेडिवाल लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्