विराटनगर जेसीजद्वारा ६० बढी परिवारलाई एक हप्ताको रासन उपलब्ध

विराटनगर जेसीजद्वारा ६० बढी परिवारलाई एक हप्ताको रासन उपलब्ध

सुभाष भण्डारी

बिराटनगर चैत २२,

विराटनगर जेसीजले विराटनगर महानगरपालिका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ।

जसमा विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत आफ्नै पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट संकलन गरी राहत वितरण गरेका हुन। साथै विराटनगर जुनियर जेसीजको पनि विशेष सहयोग रहेको थियो।
सो क्रममा ६०० केजी चामल, १५० केजी दाल तथा एक हप्तालाई पर्याप्त हुने गरि नुन, तेल, आलु , सावुन लगयात सामाग्री समावेश गरिएको थियो।

सो क्रममा अध्यक्ष उज्जवल खरेल , पुर्व अध्यक्ष श्याम सुन्दर पौडेल,टिपी आचार्य, सेवक वजगाईको उपस्थिती मा सबैलाई हात धुन, सामाजिक दुरी कायम राख्न, लगायत कोरानाको सचेतना जानकारी गराईएको थियो।
सो वितरण गर्दा जेसीजले ४-४ फिटको दुरीमा रेखाकंन गरी सो दुरीमा राहत वितरण गरि सामाजिक दुरीको अभ्यास गराएको थियो।

साथै सोही क्रममा विराटनगरमा सुरक्षा प्रदान गरीरहेका प्रहरी लगायतलाई पंजा लगाउन अनुरोध गर्दै जुस, विस्कुट तथा हातको पंजा वितरण गरिएको थियो।
सो राहत बितरण को संयोजन सदस्य विकास रौनियारले गरेका थिए।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्