विराटनगर बसपार्कमा लकडाउनले सहचालकको बसको वास, घर जाने आश

विराटनगर बसपार्कमा लकडाउनले सहचालकको बसको वास, घर जाने आश

विराटनगर । सरकारले लक डाउन गरेको आज १२ दिनभइसक्यो । विराटनगरको सडक सुनसान छन् यतिबेला । ‘बाहिर बसौँ पुलिसले गाडी भित्र बस भन्दै कराउछ, गाडी भित्र बस्यो घामले गाडी तातिएर बसीसक्नु हुदैन ।’ विराटनगरको बसपार्कमा भेटिएका १९ बर्षिय युद्ध भण्डारी आफ्नो पिडा सुनाउदै गरेका भेटिए । उनी विगत ४ बर्षदेखी गाडी लाइनमा काम गर्दै आएका सहचालक हुन् ।

उनी जस्तै संखुवासभा घर भएका २२ वर्षिय सुवास तामाङ धरान बिराटनगर रुटमा चल्ने सल्लेरी यातायातका सहचालक हुन् । उनको पनि पिडा आफ्नै छ ‘गाडीका धनी र चालकहरु आफन्त बोलाएर घर गए । तर आफूहरु यही बसपार्कको गाडी भित्रै दिनरात बितायो ।’ अलि अलि भएको पैसा पनि सकियो तामाङ भन्छन् । अहिले जसो तसो बसपार्क व्यावस्थान समितिले खाना खानको लागी केही दिनदेखी सहयोग गरिरहेको छ ।कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेसँगै उनीहरुको पनि जीवन लकडाउन जस्तै भइसकेको छ । दिनमा घामको राप अनि रातमा मच्छकको वात हुने गरेको छ । उनीहरुको त्यही बसमा बास हुन्छ । मच्चडले पनि उतिकै सताउछ युद्ध भण्डारी भन्छन् । नत झुल नै छ नत सुत्नको लागी कुनै व्यावस्था नै ।विराटनगरको बसपार्कमा अहिले १५ – १६ जना गाडीमा काम गर्ने मजदुरहरु घर जान नपाएर अलपत्र भएर बसेका छन् । उनीहरु आफ्नो घर परिवारबाट टाढिएको १२ दिन भन्दा पनि बढी भइसक्यो । घर जाने रहर हुदाँ हुदै पनि जान नपाएर अलपत्र भएर बसेका मजदुरहरुको पिडा राज्यले सुनिदिनुपर्छ । यसरी अलपत्र भएर बसेका मजदुरहरुलाई घरसम्म पुर्याइदिने बातावरण राज्यले व्यावस्था गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्