विराटनगर महानगरमा आजबाट बिपन्न परिवारलाई राहत वितरण गरिदै

विराटनगर महानगरमा आजबाट बिपन्न परिवारलाई राहत वितरण गरिदै

विराटनगर चैत्र २३ ,

विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछी नेपालमा पनि संक्रमण रोक्न गरिएको लकडाउन १३ औ दिनमा आइपुगेको छ । लकडाउन भएपछी दैनिक ज्यालादारी गर्ने परिवार तथा बिपन्न परिवारको दैनिकी निक्कै कस्टकर बनेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले राहतको सामग्री स्थानीय निकायबाट वितरण गर्ने योजना अनुरुप विराटनगर महानगरपालिकाले पनि तयारी सुरु गरेको छ ।

विराटनगर महानगरपालिकाबाट आजदेखि महानगरका २५ हजार विपन्न परिवारलाई राहत प्रदान गरिने भएको छ ।महानगर भित्रका सबै वडाबाट लगत संकलन गरेर पठाएको विवरण अनुरुप राहत वितरण गरिने विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले जानकारी दिए । राहत वितरणको लागि  मेयर पराजुली सहित युवा स्वयंसेवकहरु विराटनगरको बिरेन्द्र सभागृहमा अन्तिम तयारीमा जुटेका छन ।

तस्बिर : सेन्ट्रो महत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्