लकडाउन - हिमाल कार्की
निकै नै मर्मस्पर्शी दिनहरु बिताउदैछु लकडाउनमा
बाहिर गए भाटे कार्बाही भित्रै बस्छु म लकडाउनमा
आउ है साथी अनलाइनमा तिता मिठा बात गरौला
यस्तै बेला रिचार्ज सकियोस् मजा हुन्छ लकडाउनमा
राहत आयो भन्छन सबै कता आयो कुन्नी कहाँ ?
सुन्छु हल्ला जतासुकै भ्रष्टाचार भो रे लकडाउनमा
तरकारीको भाउ उस्तै आलु कोबी करेलीमा
कोसे वारि करेसा खेतीबाली पनि लकडाउनमा
औषधि नि सकिए छ नियमितको यहिँ बेलामा
जान्छु जान्छु कुटाइ खान्छु पुलिसको लकडाउनमा
निकै नि मर्मस्पर्शी दिनहरु बिताउदैछु लकडाउनमा
बाहिर गए भाटे कार्बाही भित्रै बस्छु म लकडाउनमा