१९ असार २०७७, शुक्रबार

कबिता : स्कुल  – मधु खतिवडा

कबिता - स्कुल

गुलबी ओठमा निलो मसिको लाली दली,
निब भाचिएको कलम बोकेर म तिर लम्किदै गर्दा
हो ठिक त्यै समयमा ऐले जान पाए
आफ्ना गोजीका दुइ कलम हतार हतार लुकाउने थिइन।

बालपन त अरूलाई पछाडी पार्ने होडबाजी मै गए
समय र परिस्थितिको महत्व मात्र बुझ्न सकेको भए।
परिक्षामा पछाडीबाट तिमीले त्यो १ नं को सिकाइदेउ न भन्दै गर्दा
नसुने झै गरी तिम्रो चित्त दुखाउने थिइन।

भनिन्छ नी समयले पर्खदैन
बगेको खोला फर्कदैन।
हल्ला गरे भनि सरले मलाई तिम्रो बेन्चमा राख्दै गर्दा
नाई! म केटीसंग बस्दिन भन्दै रूने थिईन।

त्यो बेला मायाको अर्थ नै काहा थाहा थियो र
समयले आफू बाहेक अरूलाई बुझ्न नै कहा दियो र
नभए तिमीले आखाबाट तपतप मार्कसिटमा मोतिका दाना झार्दै गर्दा
२ मार्कस्ले तिमिलाई जितेर म प्रथम हुने थिईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752