विराटनगरमा आजदेखि नयाँ ठाउँ र संरचनामा “गुद्री बजार” (तस्बिर सहित)

विराटनगरमा आजदेखि नयाँ ठाउँ र संरचनामा “गुद्री बजार” (तस्बिर सहित)

विराटनगर चैत्र २३ ।

विराटनगरमा तरकारी तथा फलफुलको लागि रहेको 'गुद्री बजार' आजबाट नयाँ ठाउँमा सरेको छ । विराटनगर ११ बसपार्क पछाडीको खाली ठाउँमा गुद्री बजार सरेको हो ।

यता, पुरानो गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली गराइएको छ । यस अगाडी नै गुद्री बजार नयाँ ठाउमा सर्ने भनेर उक्त ठाउमा भौतिक पूर्वाधार निर्माण कार्य हुदै आएको थियो । उक्त ठाउँमा सर्न व्यापारीले आलटाल गर्दै आएकोमा  मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यही चैत २२ गतेभित्र बजार खाली गर्न दिएको कडा निर्देशन पछि आज गुद्री बजार बस पार्कको पश्चिम नागेश कोइरालाको खाली जग्गामा सरेको छ ।नयाँ ठाउँमा आजदेखि सरेको भएपनि अहिले थोक बिक्रीको लागि मात्रै तयार रहेको व्यापारीले बताएका छन् । लकडाउनको कारण गाडीमा सामान ल्याउन नपाएकोले पूर्ण रुपमा संचालन गर्न समय लाग्ने भएको हो ।

यस अघि, मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफुल तथा तरकारी बजारमा गुद्री बजार लगाउन ब्यापारी नमानेपछि विराटनगर ११ मा उक्त संरचना निर्माण थालिएको थियो ।सो जग्गा गुद्री बजार सञ्चालकले मासिक तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि भाडामा लिएका छन् ।

तस्बिर : सुरंजन लिम्बु , ओबी मिडिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्