विराटनगर महानगरका २५ हजार घरधुरीलाई आजदेखी बाड्न थालियो राहत

विराटनगर महानगरका २५ हजार घरधुरीलाई आजदेखी बाड्न थालियो राहत

विराटनगर । विराटनगर महानगरपाली भित्र दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई विराटनगर महानगरपालिकाले खाद्यान्न सामाग्री वितरण सुरु गरेको छ ।

कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा दुई छाक टार्न हम्मे हम्मे हुने परिवारका लागी महानगरपालिकाले खाद्यान्न वितरण गरेको हो । विराटनगर महानगरपालिकाले पहिलो चरणमा वडा नं. १ का १ हजार ४६, वडा नं. ३ का ३ सय १७ ,वडा नं. ४ का १ हजार ३ सय ९ र वडा नं. १० का ३ सय ७७ गरी कुल ३ हजार ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत सङकलन अनुसार विराटनगरमा कुल २५ हजार घरपरिवारले खाद्यन्न पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो ।
उहाँले प्रत्येक घरपरिवारलाई एउटा बोरामा १२ किलो चामल, १ किलो रहरको दाल, आधा किलो मसुरको दाल, २ किलो आलु, आधा लिटर तोरीको तेल र एउटा साबुन हुने गरी राहत वितरण गरिएको जानकारी दिनुभयो । यसैविच भोली सोमबार भने विराटनगरका वडा नं. ५, ७, १६ र १९ लगायतका वडाहरुमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्