ओबि समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र पेरेकालाई खाजा तथा सेनेटाइजर व्यवस्था

ओबि समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र पेरेकालाई खाजा तथा सेनेटाइजर व्यवस्था

विराटनगर । विराटनगरको बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई विराटनगरका युवा अभियान्ताहरुले सहयोग गर्न थालेका छन् ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र भन्ने शिर्षक सहितको भिडियो समाचार प्रशारण गरेको थियो ।

उनीहरुलाई दिँउसोको लागी खाजा स्वरुप चिउरा, दालमोड, सेनिटाइजर, मास्क लगाायतका सामाग्री वितरण गरेका छन् ।
युवा व्यवसायी गोपाल काफ्ले, दिपेन मारिक र युवा अभियान्ता पेरिस सुवेदीले अलपत्र परेका यातायात मजदुरहरुलाई आइतबार बसपार्कमा पुगेर सहयोग गरेका हुन् । सरकारले लकडाउनको घोषणा गरेको आज १३ औं दिन बितिसक्दा पनि प्रदेश सरकार साथै सरोकारवालाले खोजिनिन्दा नगरेको सगरमाथा यातायातका सहचालक युद्ध भण्डरीको गुनासो गरे ।
उनी भन्छन् राती बसमा सुत्दा झुल छैन लामखुटेले टोकेर निदाउन दिँदैन अण्डाको क्यारेटको खोल डराएर सुत्ने गर्दछौ । बिहान र बेलुका दई छाक भात खाएर दिनभर भोको पेटले दैनिकी चलिरहेको अवस्थामा दाईहरुले सहयोग गर्नुभयो धेरै ठुलो धर्म गर्नुभयो भण्डारीले भने ।  अहिले कोरोना भाईरस संक्रमणका कारण विश्व नै महामारीको अवस्थामा छ प्रदेश सरकारले यो घडीमा अलपत्र परेका मजदुरलाई उद्धार गर्न जरुरी रहेको सुवेदीले बताए । त्यसो त भिडभाडमा नजानु, सामाजिक दुरी कायम राख्नु कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट जोगिने उपाय भए पनि १२ दिन देखि ती अलपत्र परेका यातायात मजदुरहरु बसमा रात बिताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्