विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त राहत सहयोग हस्तान्तरण

विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त राहत सहयोग हस्तान्तरण

विराटनगर चैत २४,

बिश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो प्रकोप र तिव्रतर संक्रमणको जोखिमबाट बच्न अवलम्बन गरिएको लक डाउनबाट विपन्न वर्गको दैनिकी संचालनमा परिरहेको कठिनाईलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व वहन गरी उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले विपन्न वर्गका लागि खाद्य सामाग्री सहयोग प्रदान गरेको छ ।

दुवै संस्थाले मिलेर २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्री प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्र्तगत कोरोनाको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन स्थापना भएको प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई हस्तान्तरण गरेेेेको छ । जसमध्ये १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्योकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउपालिका मार्फत उपलब्ध गराइने छ ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे, मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, दुवै संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा प्रदेश नं. १ का माननीय मुख्य मन्त्रीलाई शेरधन राईज्यूलाई मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको छ साथै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई पनि विराटनगर महानगरपालिकाको कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्