कविता : समय – प्रेमु सापकोटा खनाल 

कविता : समय – प्रेमु सापकोटा खनाल 

।।समय।। - प्रेमु सापकोटा खनाल

कोरोना मुक्त सुनौलो संसार
दिनु छ तिमिलाई
बाचिएछ भने
मुटु भरिको माया
दिनु छ तिमिलाई

संसारको नयाँ नयाँ आविस्कार
सबै चिनाउनु छ तिमिलाई
बाचिएछ भने
कोरोना मुक्त सुनौलो संंसार
दिनु छ तिमिलाइ

सानै छौ अहिले
कठै बोल्न नि सिकाउदै छु मैले
म आफै मरेर भए पनि
बचाउनु छ तिमिलाई
बाचिएछ भने कोरोना मुक्त सुनौलो संंसार
दिनु छ तिमिलाइ

पढ्न लेख्न सिक्दै छौ
तिमिनी हात धुनुपर्छ जान्दै छौ
कोरोना लाग्छ कि भन्ने डरले होला
घुम्न जान्न भन्दै छौ
कठै जीवन जिउन थाल्दैछौ अहिले
जीवन जिउन थाल्दैछौ अहिले

आफू हारेर संसार जिताउछु भन्थे
स्ट्रोङ बोई हुन सिकाउछु भन्थे
तर आज आफै लडदै छु जीवन मरणको बिचमा
परास्त गर्नु छ यो महामारिलाइ
अनि देखाउनु छ तिमिलाइ
कोरोना मुक्त संसार देखाउनु छ तिमिलाइ
बाचिएछ भने कोरोना मुक्त जिवन
दिनु छ तिमिलाइ
बाचिएछ भने कोरोना मुक्त सुनौलो संसार
दिनु छ तिमिलाइ दिनु छ तिमिलाइ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्