विराटनगरमा आइतबार साँझ बत्ती , पटका अनि थाल ठटाइ (कारण यस्ता)

विराटनगरमा आइतबार साँझ बत्ती , पटका अनि थाल ठटाइ (कारण यस्ता)

विराटनगर चैत्र  २४ ,

विराटनगरमा आइतबार साँझ रोचक दृश्य देखियो र सुनियो । विराटनगरका घरमा दियो मैनबत्ती बलेका देखिन्थे भने विराटनगरमा रोचक त तब बन्यो जब मानिसहरु दिपावली जस्तो झल्को दिने पटका समेत पड्किएको सुनियो । विराटनगरमा केहि बेर मज्जाले पटका पड्कियो । लाग्दथ्यो कुनै उत्सबको समय हो । अझ, मानिसहरु आफ्नो घरको थाल लिएर थाल ठोकेको पनि सुनियो ।

विराटनगरमा घर घरमा दियो मैनबत्ती बाल्ने लहर चलेको थियो ।  सामाजिक संजाल पनि दियोको तस्बिरले भरिएका थिए ।

विराटनगरमा मात्रै हैन पुर्वका अन्य सहर साथै देशका बिभिन्न ठाउँमा दिप प्रज्वलन गरिएका समाचार आए । नेपाली  समाज पुनः अर्को लहैलहैमा लागेको देखियो । बत्तिसम्म बालेको भए पनि खासै चर्चा नहुने थियो तर जब पटका  पड्किएको सुनियो तब सामाजिक संजालमा बिभिन्न त्रोल समेत बने । पटका किन पड्किए , थाल लिएर किन मानिस निस्किए कसैलाई कुनै जानकारी छैन । कोरोना भाग्छ भन्दै पटका पड्काएको भन्दै फेसबुकमा मजाक बनाइयो ।

' दिपावली पछी पटका के अब दिउसी समेत खेल्ने हो ?' , ;बिराटनगरका जनतालाई लाग्यो तिहार' , 'विराटनगरमा चैते दशैँ पछी चैते तिहार' लगायतका त्रोल र स्टाटस सामाजिक संजालमा देखिन थाले ।

विराटनगरमा थाल ठटाएको भिडियो  (Click)

कारण के थियो नेपालमा दिप प्रज्वलनको ?

१. भारतमा गरिएको मोदीको आव्हानको प्रभाव :

भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीले भारतमा जनतालाई ९ बजेर ९ मिनेटमा  मैनवत्ती जलाएर कोरोना भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाउन अपिल गरेका थिए  । यो आव्हानको पनि कारण हुन सक्ने सामाजिक संजालमा आकलन गरियो ।

कोरोनासँग जुधिरहेको भारतमा जारी लक डाउनले आजित बनेका जनताको आत्मबल बढाउदै भाइरस विरुद्धको लडाईमा एकतावद्ध रहेको सन्देश दिन मोदीले उक्त कदम अघि बढाएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले दीप प्रज्वलन गर्नु भन्नुको पछाडि भाजपाको स्थापना दिवससँग पनि जोडिएको छ, किनभने ६ अप्रिल भाजपाको स्थापना दिवस हो ।

मोदीको आवहानको भिडीयो हेर्नुहोस (Click)

सामाजिक संजालमा यसको पनि त्रोल तथा स्टाटस आए ।

#

धार्मिक गुरुको सामाजिक संजालको भिडियो :

सामाजिक संजालमा केहि हिन्दु धार्मिक गुरुहरुले चैत्र २३ गते साँझ ७ बजेर ७ मिनेटमा सामुहिक दिप प्रज्वलन गरेर विश्व शान्तिको लागि प्राथना गर्न बनाएको भिडियो ।

उक्त भिडियोमा भनिएको थियो :

ज्योतिष शास्त्र अनुसार, आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ ( यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु नवौं भावमा हुनेछ । एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्ने छ ।

भिडियो हेर्नुहोस (Click) 

केही हप्ताअघि कोरोना भगाउन हेलिकप्टरबाट औषधि छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज बिभिन्न बहानामा यसरी हल्लाको पछाडी लाग्ने गरेको छ ।

कोरोना भाइरस न पटका पड्काएर भाग्छ , न थाल बटुका ठोक्काएर , यसका लागिले हामीले सरकारले सावधानीको लागि लागाएको लकडाउनको पालना गर्नुपर्छ , सामाजिक दुरी बनाउने , साबुनपानीले हात धुने , आफूलाई कुनै संक्रमणको लक्षण देखिएको छ भने एक्कै बस्ने वा डाक्टरको सल्लाह लिने जस्ता काम गरे हामी विश्वलाई नै चुनौती दिईरहेको कोरोना भाइरसको महामारीबाट छुटकारा पाउन सक्ने थियौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्