हिमालय दर्शन कलेजमा अनलाइन कक्षा संचालन हुदै

<span class='c1'>हिमालय दर्शन कलेजमा अनलाइन</span> <span class='c2'>कक्षा संचालन हुदै</span>

विराटनगर चैत्र २४,

विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरूको लागि अनलाइन कक्षा सुरू गरेको छ। विश्वव्यापी फैलिएको महामारी नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले भएको लकडाउनमा सवै स्कुल, कलेज,महाविद्यालय र विश्वविद्यालयहरूमा पठन पाठन ठप्प भइरहेको अवस्था तथा विद्यार्थीहरूमा वढ्दो नैराश्यता तथा अन्योलतालाई चिर्दै विद्यार्थीहरूको पठन पाठन अनलाइन माध्यमवाट सुरू गरेको छ।

कोरोनाको त्रास तथा लकडाउनले गर्दा घर भित्र मात्र वस्नु पर्ने पिडामा सधै प्रयोग गरिरहेको इन्टरनेटलाई पठन पाठनमा प्रयोग गरेर विद्यार्थी, शिक्षक तथा कलेजको सर्वोपरी हितलाई सुनिस्चित गर्न पठन पाठनलाई निरन्तरता दिदै आएको कलेजले जनाएको छ ।

विद्यार्थीहरू उत्साहित भइ अनलाइन कक्षामा सहभागी भएको कलेज प्रमुख भरत सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्