विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार

विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार

विराटनगर चैत २५,

विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार भएको छ । कोरिया लगायतका मुलुकले जस्तै विराटनगरमा कारखाना , विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको प्रयासमा उक्त बुथ तयार गरिएको हो ।

हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवस्यकता परे बनाउन सकिने कारखानाका विराटनगर प्रमुख ऋषभ आचार्यले आवर विराटनगरलाई जानकारी दिए । विनडोर सोलुसन्सको उद्योगमा निर्माण आज सम्पन्न भएको र उक्त तयार बुथ क्वारेन्टाइनमा प्रयोग गरिने आचार्यले बताए । उक्त बुथको प्रयोगमा पिपिईको आवश्यकता नभएको र धेरैको स्वाब परिक्षणको लागि काम गर्न सकिन्छ ।

उक्त समुहले रोबर्ट समेत निर्माण गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्