विराटनगरमा गरिबको सारथी बन्दै युवाको समुह,सडकमा बसेकालाई दैनिक खाना खुवाउदै

विराटनगरमा गरिबको सारथी बन्दै युवाको समुह,सडकमा बसेकालाई दैनिक खाना खुवाउदै

विराटनगर चैत्र २५ ,

कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनले सबैभन्दा धेरै समस्यामा परेका विराटनगरमा दैनिक ज्याला मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुलाई स्थानीय युवा अभियन्ताहरुले खाना खुवाउँदै आएका छन्। लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरमा सामाजिक कार्यमा सक्रिय युवाको समूहले निःशुल्क भोजन गराएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश यतिबेला दुई हप्ता अगाडिबाट लकडाउन छ। लकडाउनले गर्दा दैनिक ज्यालादारी गरेर खाना खाने विपन्न मजदुर र सडकका बेसहाराहरुलाई दुई हप्ता अगाडिदेखि नियमित खाना खुवाइरहेको युवा अभियन्ता ओसिम आलमले जानकारी दिए। खाना र काम खोज्दै सडकमा आएकाहरुलाई उनीहरु बसेकै स्थानमा पुगेर खाना खुवाउँदै आएको र लकडाउन अवधीभर खाना खवाउने आलमले बताए ।हालसम्म ९ सय जना भन्दा बढिलाई खाना खानेको व्यवस्था मिलाएको अर्का अभियन्ता पेरिस सुबेदिले जानकारी दिए । अभियन्ता सुबेदीले भने, ‘ उनीहरुलाई विहान निःशुल्क खानाको व्यवस्था मिलाइरहेका छौँ। पप्पु अन्सारीले सञ्चालन गर्दै आएको रोयल विर्यानी हाउसमा खाना पकाएर उनीहरुलाई खुवाउने गरिएको छ । होटलमा खाना प्याक गरी प्रत्येक दिन बिहान ९ बजेदेखि बजारमा बस्दै आएकाहरुलाई खाना वितरण गरिरहेका छौँ।’ साथै खाना पकाउनका लागि अन्सारीले आफ्नो होटलको किचन र कर्मचारी दिएको समेत अभियन्ता सुबेदीले बताए।

साथै , उक्त समुहले बिगत ४ दिनदेखि रातिको खान समेत ख्वाउदै आएको सुबेदीले बताए ।अभियानका लागि विभिन्न सहयोगी दाताहरुले चामल र दाल सहयोग गरेका छन्।  विराटनगरका सामाजिक अभियन्ता पेरिस सुवेदी, भूषण लिम्बू, दिपेन मरिक, पप्पु अन्सारी, संरक्षण देवकोटा , भवेश पौडेल , गणेश शाह, चिरञ्जीवी आचार्य , गोपाल देबकोटा, संजय श्रेष्ठ ,रुपेश कर्ण , सैमन श्रेष्ठ लगायतले निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्