विराटनगरदेखि रतुवामाईसम्म सीमामा कडाई गर्न सशस्त्र प्रहरीकाे अब्जर्भेसन पोस्ट खडा

विराटनगरदेखि रतुवामाईसम्म सीमामा कडाई गर्न सशस्त्र प्रहरीकाे अब्जर्भेसन पोस्ट खडा

रबिन्द्र बराल

लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले मोरङका १७ स्थान सीमा क्षेत्रमा सशस्त्र प्रहरीकाे अस्थायी क्याम्प स्थापना गरेको छ । सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपेसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ । लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकिछिपि नेपाल तर्फ नेपालीहरु आउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमामा सशस्त्र प्रहरी थप केन्द्रित गरिएको छ । चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आएको आवतजावत रोक्न थप फौज परिचालन गरिएको माेरङका एसपी नेत्रबहादुर कार्कीले बताए । भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न नदिन र सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको उनले बताए । कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएकाे र अहिले १ सय ५० जना  सशस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हाे । खटाइएका थप जनशक्ति पहाडी जिल्ला , माेरङ र सुनसरीका गण र बेसक्याम्पबाट सशस्त्र प्रहरी ल्याएकाे कार्कीले बताए । भारतीय सीमा जोडिएकाेे बिराटनगरकाे केशलिया देखि माेरङकाे रतुवामाई नगरपालिकाकाे बल्डङ्गासम्ममा ३६ स्थानमा अस्थायी रुपमा प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ । अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिदै आएकोमा अहिले सिमा सुरक्षकाे लागि जनशक्ति थप गरिएको छ । थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन माेरङकाे धनपालथान अन्तर्गत तरिगमा,डुमरीया,खैरवना,पाेखरी डिल, हनुमान मंन्दिर,भलुवा नयाँ टाेल,अाँपगाछि,मायाँगञ्ज गरि ७ स्थान र रंगेली नगरपालिकामा ३ स्थान त्यसैगरी रतुवामाई र सुनवर्सि नाकामा सिक्टि बाेडर,साेनापुर,बल्डङ्गा,कुटुमगञ्ज,डाेरिया,थालगाछि गरि १६ स्थानमा २४ घन्टा अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको कार्कीले बताए ।

विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको हाे । उता , भारतले समेत सिमा सुरक्षामा बाक्लाे उपस्थितिमा एसएसपीहरु समेत खटाएर अावत जावतमा थप कडाई गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्