नेपाल क्रेडिट एण्ड कमर्श बैंकको प्रदेश १ सरकारलाई पाँच लाख सहयोग

<span class='c1'>नेपाल क्रेडिट एण्ड कमर्श बैंकको प्रदेश</span> <span class='c2'>१ सरकारलाई पाँच लाख सहयोग</span>

२५ चैत, बिराटनगर । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।

बैंकका बिराटनगर शाखा प्रबन्धक (प्रदेश १) दुर्गा प्रसाद घिमिरेले प्रदेश १ का मूख्यमन्त्री शेरधन राइ लाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैकले प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख रुपैंया र संघीय सरकारलाई ६५ लाख रुपैंया गरी एक करोड रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले बिपदको समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले बिश्वभर महामारी फैलिरहेको कोरोना विरुद्धको अभियानका लागि सरकारलाई सहयोग हस्तान्तरण गरेको शाखा प्रबन्धक घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्