लकडाउनको मौकामा लागूऔषध ओसारपसार:बेलवारीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

लकडाउनको मौकामा लागूऔषध ओसारपसार:बेलवारीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

विराटनगर । मोरङको बेलवारीबाट प्रहरीले ठुलो परिमाणको लागु औषध प्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परको दुबैजनालाई सार्बजनिक गरेको हो । लकडाउनको समयमा धेरै एक ठाउँमा भेला हुन नसक्ने अबस्थामा भिडियो मार्फत अनलाईन प्रेस मिटको आयोजना गरी पक्राउ परेका दुई जनालाई प्रहरीले सार्बजनिक गरेको हो ।

यसरी पक्राउ पर्नेमा प्रदेश २ सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ का सन्तोष सिंह र बिजय मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी बिश्व अधिकारीले जानकारी दिनुभयो । लकडाउन भईरहेको अबस्थामा समेत प्रहरीको टोलीले उनीहरुलाई राती साँढे ७ बजे तिर बेलवारी नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको थियो । उनीहरु सवार प्रदेश २, ००१ प २६७२ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा उनीहरुको साथबाट ३१ ग्राम ६९ मिलिग्राम लागु औषध प्रमउन सुगर मरामद भएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

एसपी अधिकारीका अनुसार पक्राउ परेका उनीहरुले ल्याएको ब्राउन सुगर झापाको दमकबाट खरिद गरेर ल्याएको अनुसन्धाबाट खुलेकोले बिक्री गर्नेको समेत खोजी भईरहेको छ । बरामद भएको ब्राउन सुगरको बजारमुल्य प्रतिग्राम ५० हजार पर्ने एसपी अधिकारीले जानकारी दिनुभयो । किन्ने र बेच्नेको बार्गेनिङका आधारमा मुल्य बढ्ने र घट्ने हुने भएकोले त्यो भन्दा पनि बढी समेत पर्न सक्ने प्रहरीको अनुमान छ । सिमित सवारी मात्र पास हुने अबस्थामा यसरी उनीहरु कसरी दमक पुगेर र त्यसको मौका छोपी हुने आपराधिक घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । प्रहरीले लकडाउनको समयमा भएको लागु औषधको ओसार पसार गर्ने ब्यक्तिलाई पक्राउ गरेपछि लकडाउनलाई थप कडाई गर्ने एसपी अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्