ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र परेका १५ यातायात मजदुरको उद्धार

ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र परेका १५ यातायात मजदुरको उद्धार

विराटनगर चैत्र २६ ,

देश केही हप्ताबाट कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउनमा छ । लकडाउन जनताको लागि नै गरिएको हो तर लकडाउनले धेरैलाई समस्या समेत गरेको छ । यसै विषयमा समस्यामा परेका जनताको आवज सम्बन्धि निकायसंग पुर्याउने उदेश्यका साथ आवर विराटनगरले निरन्तर समाचार सम्प्रेषण गरिनै रहेको छ ।

केही दिन अघि मात्रै विराटनगर बसपार्कमा केही यातायात मजदुरलाई लकडाउनले खान र बस्न समस्या परेको समाचार हामीले सम्प्रेषण गरेका थियौँ । ती बसपार्कमा अलपत्र परेका यातायात १५ जना मजदुरहरुलाई उद्धार गरिएको छ । अलपत्र परेका मजुरहरुलाई सोमबार साँझ युवा नेता वासिम आलम, पेरिस सुवेदी लगायतको समुहले उद्धार गरेको हो ।

उक्त यातायात मजदुरहरुलाई सामाजिक अभियन्ता राकेश रोसन यादवले सञ्चालन गरिरहेको हाम्रो नेपाल होस्टेलमा राखिएको छ ।  यादवले उक्त होस्टेल कोरोना भाइरस (कोभिड १९) को क्वारेन्टाइनका लागि सामाजिक विकास मन्त्रालयलाई निशुल्क उपलबध गराउने घोषणा गरेका थिए ।
लकडाउनको कष्टकर घडीमा सहयोग गर्न पाँउदा खुशी महसुस भएको आलमले बताए । उनले यस्ता समाचार सम्प्रेषण गर्ने टिमलाई आभर प्रकट समेत गरेका छन् ।

सगरमाथा यातायातका सहचालक (अलपत्र परेका यातायात मजदुर) युद्ध भण्डारीले आफुहरुलाई उद्दार गर्ने सहयोगीलाई धन्यवाद दिएका छन् ।

यी त केही उदाहरणीय घटना हुन , यस्ता धेरै मानिसहरु लकडाउनले समस्या परेका हुनसक्छन् , त्यसैले ती व्यक्तिको पहिचान गरि सहयोगको हात अगाडि बढाउन सम्बन्धित सरकारी निकायको पनि ध्यान जान जरुरी छ । हाम्रो तर्फबाट पनि धन्यवाद छ सहयोगी हातहरुलाई । यो समस्याको समयमा सबैले सहयोगको हात बढाएर अघि बढ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्