विराटनगरको भाटभटेनीको प्रदेश १ सरकारलाई कोरोना रोकथामको लागि २५ लाख सहयोग

विराटनगरको भाटभटेनीको प्रदेश १ सरकारलाई कोरोना रोकथामको लागि २५ लाख सहयोग

विराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ ।

विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’ मा जम्मा गरिने बताए ।

उनले कोषमा हालसम्म ११ करोडभन्दा बढी जम्मा भइसकेको जानकारी दिए । मुख्यमन्त्रीले कोरोना त्रासका बेला सोसियल डिस्टेन्सिङको पालना गरेर तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र भाटभटेनीमा ग्राहकलाई प्रवेश दिन आग्रह गरे ।

प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ । साथै सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय छ । सोही निर्णयअनुसार प्रदेश नम्बर १ मा २५ लाखको चेक हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्