जिल्ला सहकारी संघ मोरङको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

<span class='c1'>जिल्ला सहकारी संघ मोरङको ५ लाख ५५</span> <span class='c2'>हजार ५ सय ५५ रुपैयाँ सहयोग</span>

रबिन्द्र बराल

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ ।प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

संघमा आवद्ध सदस्यहरूबाट रकम संकलन गरी संघलेे उक्त रकम हस्तान्तरण गरेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए । यस्तो महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई जहिले पनि सहयोग र साथ रहेको र हरेक दुख कष्टमा अाफ्नाे संस्थाले सधैं सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार त्यसैगरी सद्भाव बचत तथा ऋण सहकारी संस्था , सुगम बचत तथा ऋण सहकारी संस्था, महर्षीमही कृषि सहकारी संस्था, ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायत गरि ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्