प्रदेश नम्बर १ अपडेट : ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ

प्रदेश नम्बर १ अपडेट : ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ

विराटनगर, चैत २७ गते ।

प्रदेश नं १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।

परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ । यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ । आइसोलेसनबाट आजसम्म आठ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ ।

कोरोना जनसुरक्षा कोषमा रु १२ करोड ३७ लाख जम्मा    

प्रदेश नं १ को सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा आज थप रु ३० लाख ५५ हजार ५५५ जम्मा भएको छ । कोरोना जनसुरक्षा कोषमा अब रु १२ करोड ३६ लाख ९५ हजार ९८४ जम्मा भएको छ ।

मुख्यमन्त्री शेरधन राईलाई भाटभटेनी सुपर मार्केट विराटनगरका प्रबन्धक सरिता राईले रु २५ लाखको चेक आज प्रदान गर्नुभयो । त्यस्तै जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङले रु पाँच लाख ५५ हजार ५५५ हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्