एनआईसीको सुबिधा :अब घरमै बसीबसी ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने

एनआईसीको सुबिधा :अब घरमै बसीबसी ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने

अब विदेशमा हुने नेपालीहरूले काेठामै बसी बसी आफूले पसिना बगाएर कमाएकाे पैसा नेपालमा भएका आफन्त/परिवारलाई पठाउन सक्ने भएका छन् । एनएनआईसी एशिया बैंकले विश्वका ५० भन्दा बढी देशबाट त्यसरी रेमिट्यान्स नेपाल पठाउन सकिने व्यवस्था मिलाएकाे हाे । त्यसका लागि बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरेकाे हाे ।

हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रायः विश्वका सबै शहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो संकटकालीन अवस्थालाई ध्यानमा राख्दै बैंकले त्यस्ताे व्यवस्था मिलाएकाे जनाएकाे छ ।

कोरोनासँगको लडाइँमा सरकारलाई साथ दिन तथा विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूलाई स्वदेशमा पैसा पठाउन सहज वातावरण बनाउने उद्देश्यले बैंकले यस्ताे सुविधा मिलाएकाे बताएकाे छ ।

बैंकले याे योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचत हुनुका साथै लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने विश्वास लिएकाे छ ।

बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुरलगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सकिने जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्