कविता : मुसलको जन्म – भुवन कुमार वाग्ले

कविता : मुसलको जन्म – भुवन कुमार वाग्ले

क्वारेन्टाइन कविता वर्कशप
*
शिर्षक - मुसलको जन्म
*
के गर्छौ वाजे?
पहिला फुर्ति लायौ
अहिले सुर्ति खायौ,
तिम्रो खरव डलर डिस्कलर,
तिम्रो अमेरिका ग्रेट, कोरोनाको थ्रेट
खोमिनीलाई झुन्डाउंछु भन्थ्यौ,
ईर्दोगानलाई चेप्टाउंछु, जोङ उनलाई मुन्ट्याउंछु भन्थ्यौ ।
भुतभुताउंदै हिड्थ्यौ डामेको साँढे भै,
तिनै खुंखार हातहरुले
घरी सिरीया र ईराकका खण्डहरमा रगतको होली खेल्दै,
घरी उईघुरहरुलाई पम्प हाल्दै,
घरी पठानहरुको दारी तान्दै,
घरी रोहिंग्याहरुसंग गोहीका आंसु चुहाउंथ्यौ
घरी कतारको फुच्चे टापुलाई पाता कस्थ्यौ ।
फेरी तिमी नै
मुसलमान प्रवेश निषेधको ट्याग झुन्डाएर
अल वग्दादीको खुन लत्पतिएका तिनै हातले
कुवेत दुवईको दारु पिउंदै
साउदी राजकुमारको टेवलमा गोरुको मासु खादै
गल्फको मरुभुमिमा मुजरा हेर्थ्यौ ।
**
के गर्छौ वाजे?
पहिला फुर्ति लायौ
अहिले सुर्ति खायौ,
तिम्रो खरव डलर डिस्कलर,
तिम्रो अमेरिका ग्रेट, कोरोनाको थ्रेट
तिम्लाई ताइवानको स्वतन्त्रताको माया लाग्छ,
साउथ चाइना सीका क्रितिम वालुवाका थुप्राको रीस,
तिम्लाई तिव्वतीलाई दलाई दिनु छ,
हङकङेलाई दुध र मलाई दिनु छ,
चिम्रे चाईनिजलाई जंगली मान्छौ,
फेरी थाई मसाज , फिलिपिनो डान्स
जापानी रक्सी र कोरियन सुंगुरको सेकुवा खान्छौ ।
**
के गर्छौ वाजे?
पहिला फुर्ति लायौ
अहिले सुर्ति खायौ,
तिम्रो खरव डलर डिस्कलर,
तिम्रो अमेरिका ग्रेट कोरोनाको थ्रेट
तिम्रा सांढेको ट्रेड वार,
भाइरसले र्याल चुहाउंदै
खोक्दै निस्सासिदै
डलरका खोस्टाले वनेका
आलिशान भिल्ला छोडेर
वन्दुक र तोपहरूको विझाउने चिहानमा
भकाभक थुप्रो लाग्दैछन् अमेरीकिहरु,
वेहोर्दै आफ्नै चाकरहरुको लोप्पा
विचरा वाजे,
पुटिनले लगाईदिएको तिम्रो चौकिदारको जागिर
खुस्किनै लागेको छ,
मन त खुच्चिङ भन्न खोज्छ
तर तिम्रा कान्जीहाउसमा मेरा वन्धुहरु पनि छन,
कतै भाईरस झुक्केछ भने,
वहामासको कुनै वेनाम रिसोर्टमा
रुमानियन मिलानियाको क्लिभेजभित्र लुकेर
हिसाव किताव गर्नु,
मुसल भै जन्मेको रहेछौ वाजे,
द्वारिका नडुवि के छोड्थ्यौ ?
***
पहिला फुर्ति लायौ
अहिले सुर्ति खायौ,
तिम्रो खरव डलर डिस्कलर,
तिम्रो अमेरिका ग्रेट, कोरोनाको थ्रेट

भुवन कुमार वाग्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्