विराटनगरको एक पानी उद्योगको पानीको जार भित्र मच्छर फेला, उपमेयरको अनुगमन

विराटनगरको एक पानी उद्योगको पानीको जार भित्र मच्छर फेला, उपमेयरको अनुगमन

विराटनगर चैत्र २७,
विराटनगरको एक पानी उद्योगको सिल प्याक पानीको जार भित्र मच्छर फेला परेको छ । विराटनगर-६ मा रहेको जोनसन जल उद्योगले उत्पादन गर्ने गरेको धवन्तरी नीर पिउने पानीको जारमा मच्छर फेला परेको हो ।

पानीको जारमा मच्छर भेटिएको गुनासो आएपछि  विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले  सम्बन्धित पानी उध्योगको अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार उद्योग संचालनमा नरहेको उपमेयर कार्कीले बताइन ।

उद्योगमा शौचालयदेखि मुस्किलले आधा फिटको दूरीमा पानीटंकी र फिल्टर सिलिन्डर जडान गरिएको, उद्योगले भने जस्तो रिभर्स ओसमोसिस, अल्ट्रा भोइलेट र ओजोनेटेड प्रकृया पुरा नगरेको भेटिएको थियो । मोटरबाट तानिएको पानी कुद्ने पाईपमा धुलो फोहर जमेको पाइएको अनुगमन टोलीमा रहेका विराटनगर महानगरका खाद्य अनुसन्धान शाखाका धिरज राईले बताए ।

राइका अनुसार  कम्पनी नविकरणनै नगरी संचालनमा रहेको छ । उक्त उद्योगबाट एक जार पानी ल्याब टेष्टका लागि नियन्त्रणमा लिइएको छ बहने  उद्योगले नसच्चिए हदैसम्मको कारवाही गर्न आफू बाध्य हुने उपमेयर कार्कीले चेतावनी दिईन । उक्त उद्योग रन्जित साहको नाममा दर्ता भएपनि साहका श्रीमती संगीता साह र  प्रेम अभिषेक महतोले संचालन गरिरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्