विराटनगरमा कोरोनाको मुख्य जोखिमपूर्ण स्थान बन्यो “गुद्री”, भिड नियन्त्रण भएन

विराटनगरमा कोरोनाको मुख्य जोखिमपूर्ण स्थान बन्यो “गुद्री”, भिड नियन्त्रण भएन

विराटनगर चैत्र २७ ,

विराटनगरमा तरकारी तथा फलफुल बिक्रि हुने स्थान गुद्री बजार नयाँ संरचनामा नयाँ ठाउँमा सरेको भएपनि अहिले विराटनगरमा कोरोना फैलन सक्ने मुख्य जोखिमपूर्ण स्थान बनेको छ ।

विराटनगर-११ जनपथ टोलमा सरेको गुद्री बजारमा सरकारले लागु गरेको लकडाउन तथा सामजिक दुरीको कुनै मतलब गरेको पाइदैन । सरकारले भिड नगर्नु , अत्यावश्यक सामान खरिद बिक्रि गर्दा पनि सावधानीपूर्वक मात्रै गर्नु भने पनि विराटनगरको गुद्री बजारमा त्यसको कुनैपनि पालना नभएको पाइन्छ ।हरेक दिन साँझ र बिहान गुद्री बजार जानेको भिड ठुलो छ । न व्यापारीले सामाजिक दुरी कायम गरेर बिक्रि गरिएको पाइन्छ न त सर्वसाधारणले नै सावधानी अपनाएको पाइन्छ , यस्तो अवस्थामा विराटनगरको तरकारी बजार गुद्री अहिले विराटनगरको लागि कोरोनको जोखिमपूर्ण स्थान बन्न पुगेको छ । यस्तो अवस्था देखेपछी विराटनगर ११ का स्थानीय पनि त्रसित बनेका छन् । स्थानीय रोनाल कडेल भन्छन 'यस्तो तरिकाले बिक्रि वितरण हुने हो भने सम्पूर्ण विराटनगरलाई नै यसले जोखिम बनाउछ, स्थानीय निकायले व्यवस्थित बनाएर बिक्रि गर्न दिनुपर्छ' ।

यता, बिराटनगर महानगर वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले उक्त ठाउँमा भिड बढेको र प्रहरीलाई अनुरोध गरेर नियन्त्रण गर्ने बताए । "भिड बढेको हो , यसले कोरोनको चुनौती बढाएको छ हामी नियन्त्रणको लागि पहल गर्दैछौ" उनले आवर विराटनगरलाई बताए ।  उक्त स्थानमा सामाजिक दुरी कायम गर्न बारम्बार माइकिङ गरिएपनि कसैले वास्ता नगरेको देखिन्छ । 

विराटनगर महानगरपालिकाले हरेक वडामा निश्चित स्थान तय गरेर सावधानी तथा सामाजिक दुरी कायम गरेर मात्रै अतिआवश्यक सामग्री बिक्रि वितरण गर्ने भनेको पनि कार्यन्वयनमा आउन सकेको छन् ।

बिराटनगरको गुद्रीमा देखिएको भिडको भिडियो (Click Here)

काठमाडौंको कालीमाटी बजार पनि बन्द :

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिनेभएको छ।  काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो। बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्