कविता : साथी – अभिषेक भट्टराई

कविता : साथी – अभिषेक भट्टराई

शीर्षक : साथी

कुनै दिन थियो
तिम्रो र मेरो भेट ठ्याक्कै उस्तै अवस्थामा भएको थियो
तिमी र म दुईटै रुदै रुदै भेटेका थियौ
घर बाट कहिलै धेरै बेर सम्म टाढा नबसेको मलाई
त्यो दिन बुवा आमा संग पनि खुब रिस उठेको थियो
तर आज सम्झन्छु अनि सोच्छु त्यो दिन व्यर्थै रिसाएको रहेछु ।

दिन बित्दै गयो अब मलाई घर भन्दा प्यारो तिमी हुन थालेउ
दिनको ६ घण्टा तिमी सग बिताएर घर फर्किनु पर्दा
अब मलाई घर फर्किनु को खुसी भन्दा तिमी सग छुटिनुको पिडा धेरै हुन थाल्यो

तिमी र म आफ्नै दाजु भाई भन्दा पनि नजिक हुन थालौ
कसैले तिमिलाई केही भन्दा मलाई दुख्न थाल्यो
मलाई कसैले केही भन्दा तिमी लाई
तिमी हास्दा मेरो मन चङ्गा सरि उठ्थ्यो
तिमी दुखित हुदा मेरो मन मडारिएको कालो बादल जस्तो हुन्थ्यो

मलाई अझै पनि ताजा छ
जुन दिन तिमिले गृहकार्य नगर्दा गणित पढाउने सरले तिमी लाई बाहिर निकाल्दा
मैले गरेको गृहकार्य पनि गरेको छैन भनेर बाहिर निस्केको त्यो पल

परीक्षा आउथ्यो
तिमी र म कस्ले जित्ने भनेर होडबाजी त खुब गर्थ्यौ
तर जब परीक्षाको परीक्षा फलमा मेरो भन्दा तिम्रो नम्बर कम आउदा
म तिम्रो सामुने पुग्थिए अनि भन्थिए
तिम्रो कति आयो
तिमी भन्थियौ ७२
म भन्थिए मेरो ७४
अनि म भन्थिए हामी दुई जनाको जोडेर १४६ आए छ
सबैलाई हामीले जितिम
अनि हाम्रो खुसी को सिमाना रहन्न थियो

दिनहरु बढदै गए
बिस्तारै कक्षा नर्सरी देखि दैनिक सगै हुने हामी छुट्ने दिन आउन थाले
मलाई अझै याद छ SLC परीक्षा सकिएको दिन सर्ट मा लेख्दै गर्दा तिमिले भनेउ , ' हाम्रो सम्बन्ध शब्दमा अटाउन सकेन '
अनि बेसरी अन्कमाल गर्दै भकानिएको त्यो छण ।

अब बिस्तारै हाम्रो भेट पातलिन थाल्यो तर भेट मात्र पातलियो मन अझ धेरै नजिक बन्यो
आज पनि कहिले काहीँ मलाई अप्ठ्यारो पर्दा सबै भन्दा अग्रस्थानमा तिम्रै नाम हुन्छ
मेरो हरेक शुभ समाचार सबै भन्दा पहिले तिम्रै कानले श्रवण गर्छ

सम्बन्ध अनेक गासिए तर
तिम्रो जस्तो सम्बन्ध कोहि सग नि रहदैन
ए मेरो साथी

तिमी
मोबाईल हौ भने म चार्जर
तिमी कापी हौ भने म कलम
एक अर्काको सहयात्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्