विराटनगरको कोशी अस्पतालमा पनि कोरोना भाइरसको लागि ‘थ्रोट स्वाब’ टेस्ट सुरु गरिने

विराटनगरको कोशी अस्पतालमा पनि कोरोना भाइरसको लागि ‘थ्रोट स्वाब’ टेस्ट सुरु गरिने

विराटनगर  चैत २७ ,

प्रदेश नम्बर १ मा धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्रै हुदै आएको कोरोना भाइरसको लागि परिक्षण अब विराटनगरस्थित कोशी अस्पतालबाट पनि गर्ने तयारी थालिएको छ । कोशी अस्पतालमा पनि ‘थ्रोट स्वाब’ टेस्टको व्यवस्था मिलाइएको छ ।

उक्त टेस्ट गर्न आवश्यक प्राविधिक जनशक्तिसहित पाँच हजार थान परीक्षण किट काठमाडौंबाट विराटनगर मगाएर उक्त टेस्ट सुरु गर्न लागिएको  प्रदेश १ का सामजिक बिकास मन्त्री जीवन घिमिरेले बताए ।

कोशी अस्पतालमा  दैनिक एक सय जनाको स्वाब परिक्षण गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्