विराटनगर चैत्र २७ ,
विराटनगरको नेरुडे लघुवित्त संस्थाद्वारा नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग स्वरूप ५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
संसारभर फैलिएको कोरोना भाइरसको रोकथामको निम्ति सहयोग हस्तान्तरण गरिएको नेरुडेका याेजना तथा व्यवस्थापन सूचना प्रणाली विभाग प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिए ।