काठमाडौंमा अड्किएकालाई लिन विराटनगरबाट गाडी पठाइयो

काठमाडौंमा अड्किएकालाई लिन विराटनगरबाट गाडी पठाइयो

मोरङ — लकडाउनका कारण काठमाडौंबाट पैदल हिँड्दै आउनेहरुलाई लिन बिहीबार विराटनगरबाट गाडी पठाइएको छ । उनीहरुलाई लिन को २ च १३ नम्बरको भ्यान पठाइएको हो ।

प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता केदार कार्कीले सञ्चारमाध्यममार्फत प्रदेश १ का सर्वसाधारणहरु लकडाउनका कारण काठमाडौंबाट पैदल हिँडेर आइरहेको जानकारी पाएपछि गाडी पठाइएको बताए।

‘सञ्चार माध्यममा सुनसरीको रामधुनीका ५ जना पैदल हिँडेर आइरहेको जानकारी पाएपछि पार्टीका साथीहरुलाई सम्पर्क गरेर उहाँहरुसँग सम्पर्क स्थापित गरेँ,’उनले भने, ‘उहाँहरु सिन्धुली आइपुग्‍नु भएकाले त्यहीका कांग्रेसी साथीहरुसँग सम्पर्क गराएर खाने र बस्ने व्यवस्था मिलाएपछि गाडी पठायौं।’

प्रदेश १ को सुनसरी र मोरङका थप २७ जना काठमाडौंबाट पैदल आइरहेको बिहीबार अपरान्ह जानकारी प्राप्त भएको कार्कीले बताए। ‘उहाँहरु पनि सिन्धुली नजिक आइपुगेकाले त्यहीबाट गाडी व्यवस्था गरेर पठाइदिने व्यवस्थापन मिलायौं,’ उनले भने, ‘सिन्धुलीका कांग्रेसका नेता आकाश श्रेष्ठले २७ जनालाई गाडी व्यवस्था गरेर पठाइदिने व्यवस्थापन गरिदिनु भयो।’ )- कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्