विराटनगरमा एनएमबि बैंकले प्रदेश १ सरकारलाई पिपिई सहयोग

विराटनगरमा एनएमबि बैंकले प्रदेश १ सरकारलाई पिपिई सहयोग

विराटनगर चैत २७,

एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीी कार्यालय, बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

“यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं”, प्रदेश प्रमुख घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्