विराटनगरमा क्विकर फुडले घरघरमा खाद्यान्न तथा तरकारी डेलिभरी गर्दै

विराटनगरमा क्विकर फुडले घरघरमा खाद्यान्न तथा तरकारी डेलिभरी गर्दै

विराटनगर चैत २८, विराटनगरमा खाना डेलिभर गर्दै आएको क्विकर फुडले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्‍याउन अन्य सेवा पनि थप गरेको छ ।

मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले विराटनगरमा खाद्यान्न होम डेलिभरी सेवा सुरुवात गरेको हो । क्विकरले अतिआवश्यक दैनिक उपभोग्य वस्तु ताजा तरकारी, फलफूल, चामल, नब्ज, पीठो, चिनी, नुनका साथै मासु, दुग्घजन्य वस्तुलगायत समाग्री ग्राहकका घर आँगनै  पुर्‍याइदिने भएको छ ।

खाद्यान्न डेलिभरीगर्दा आम जनताको स्वास्थ्य हितका लागि सुरक्षा अपनाएर गरिने क्विकरका सञ्चालक दिवस दाहालले बताए । ५ सय रुपैयाँ माथिको सामान खरिदमा निशुल्क होम डेलिभरी दिने दाहालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्