प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ६ सय २ जना बस्दै, १ सय ७८ जनाको स्वाब परिक्षण

प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ६ सय २ जना बस्दै, १ सय ७८ जनाको स्वाब परिक्षण

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाइनमा बस्नेको संख्या जम्मा ६ सय २ जना रहेका छ । जसमा ५२ महिला र ५ सय ५० पुरुष रहेका छन् । बिहीबारसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भइसकेका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् ।

लकडाउन बढेसंगै होम क्वारेन्टाइन सहित सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । विहीबार मात्र १५ महिला र ६५ पुरुष थपिएका छन् । यसै गरी होम क्वारेन्टाइनमा बस्नेको संख्या ३ हजार १ सय ११ रहेको सूचना डेक्सले जानकारी दिएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश १ मा क्वारेन्टाइन र आइसोलेसन बेड सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध मिलाएको छ ।

यसैगरी प्रदेश १ मा अहिले सम्म १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा पठाइएको छ ।

तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगोटिभ आएको छ भने स्वाब परीक्षण गर्न पठाइएकोमा ३५ महिला र १ सय ४३ पुरुष रहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्