विराटनगरका ५ यस्ता ठाउँ जहाँ कोरोना संक्रमण हुने जोखिम छ !

विराटनगरका ५ यस्ता ठाउँ जहाँ कोरोना संक्रमण हुने जोखिम छ !

विराटनगर चैत्र २८ ,

प्रदेश नम्बर १ को राजधानी समत रहेको विराटनगर प्रदेश मै सबैभन्दा बढी जनसंख्या भएको सहर हो । भारतसंग सिमा जोडिएको कारण पनि विराटनगर विश्व माहामारी कोरोना भाइरसको जोखिममा रहेको सहर हो । अहिलेसम्म विराटनगरमा कोहीलाई पनि कोरोनको संक्रमण देखिएको भने छैन ।

विराटनगर महानगरमा लकडाउन पूर्णरुपमा पालना भएको देखिदैन । विराटनगरका बजार तथा मुख्य राजमार्ग शान्त छ तर सहरका बिभिन्न टोल , भित्रि सडक तथा सार्वजनिक ठाउँमा अझै पनि मानिसको भिड देखिदै आएको छ । विराटनगरका ५ यस्ता ठाउँ जहाँ बढी भिड हुने गरेको छ , आज हामीले उक्त ठाउँहरु बारे रिपोर्ट तयार गरेका छौ ।

राहत लिने/दिने स्थल 

स्थानीय निकायले वितरण गरिरहेको राहत लिन घर बाहिर निस्कनेको पनि भिड बढेको छ । राहत वितरण स्थलमा पनि सामाजिक दुरीको पालना नभएको पाइने गरेको छ । राहत वितरण गरिने ठाउँमा व्यवस्थितरुपमा राहत वितरण गरिन जरुरी देखिन्छ । सरकारी मात्रै हैन निजि क्षेत्रबाट पनि राहत वितरणको कार्य गर्दा सावधानी नराखी काम गरेको देख्न सकिन्छ ।

गुद्री बजार /हरेक हप्ता लाग्ने हाट

सबैभन्दा बढी जोखिम त तरकारी किनमेल गर्ने ठाउँ "गुद्री" रहेको छ , सर्वसाधारणको थामिनसक्नु भिडले गुद्रीबाट कोरोना फैलन सक्ने जोखिम बढेको स्थानीय बताउछन । बिहान र बेलुकी बढी भिड हुने गुद्री बजारमा तरकारी किन्न आउने सर्वसाधारण तथा ब्यापारी दुवै सचेत नहुने हो भने भोलिको दिनमा जोखिमको सामना सम्पूर्ण विराटनगरका जनताले गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । विराटनगरका सबै वडामा कुनै न कुनै बार हाट लाग्ने गरेको छ , उक्त हाट राम्रोसंग व्यवस्थितरुपमा नलाग्दा कोरोनाको जोखिम बढेको छ । कि यस्ता हाट बजार रोकिनुपर्छ नत्र व्यवस्थितरुपमा लगाउनुपर्छ ।

शहिद मैदान

विराटनगरमा रहेको खेल मैदान "शहिद रंगशाला" मा पनि जोखिम बढ्न सक्ने स्थानमा पर्दछ । हरेक बिहान मर्निङ वाक गर्न आउने सार्वजनिकको भिड उल्लेख्य देख्न सकिन्छ उक्त स्थानमा । शरीरलाई स्वास्थ्य राख्न गरिने मर्निंङ वाक तथा ब्यायाम गर्ने ठाउँमा नै ठुलो भिड भएपछि कोरोना भाइरसको अहिलेको महामारीमा उक्त ठाउँलाई सुरक्षित मान्न सकिन्न।

टोलका चिया/नास्ता पसल :

विराटनगरका बिभिन्न टोलमा चोकमा रहेका चिया नास्ता पसलमा पनि बिहान र बेलुकी मानिसहरु गफिन आएको दृश्य तपाई हामीले देखेका छौ । भिड गरी चिया खादै गफमा भुलिने जमात पनि कोरोनाको  जोखिममा रहेका हुन्छन । अझ साँझको बेला त्यहिँ नास्ता पसलमा सटर तल झारेर भित्र मदिरा बेचिरहेको गुनासो पनि बारम्बार आउने गरेको छ ।  यस्ता ठाउँमा प्रशासनको आँखा पुग्न जरुरी छ ।

बिभिन्न ठाउँका खुला मैदान/चौतारा 

विराटनगरका सबै वडामा कुनै न कुनै खुल्ला मैदान रहेको छ । उक्त मैदानमा मानिसहरु साझको समय घुम्ने , गफ गर्ने तथा बालबालिकाहरु खेल्ने गरेका छन् ।  विराटनगर कै केहि ठाउँमा त बिहान र साझ बिभिन्न खेल भैरहेको पनि गुनासो आइरहेको हुन्छ ।  यस्ता खुल्ला मैदानमा भीडभाड गर्नाले यसले आफु र आफ्नो परिवारलाई नै कोरोना भाइरसको जोखिममा पर्न सक्छ । टोलका चौतारामा पनि मानिसहरुको भिड साझपख बढ्ने गरेको छ । यस्ता चौतारामा गरिने भिडले पनि जोखिम बढाएको छ ।

लकडाउन सबै जनता कै लागि गरिएको हो । सबै जनताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई गम्भीरताका साथ लिएर आफु पनि सचेत हुन जरुरी छ , त्यसतै प्रशाशनले पनि नागरिकलाई जोखिम हुने ठाउँमा कसैले आफ्नो व्यक्तिगत तथा संस्थागत फाइदाको लागि जोखिम बढाउने काम गरेको छ भने रोक्न जरुरी देखिन्छ । यो बेला सबै सचेत बने मात्रै कोरोनाको यो कहरलाई हामी जित्न सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्