विराटनगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना विराटनगर आए, सबै क्वारेन्टाइनमा

विराटनगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना विराटनगर आए, सबै क्वारेन्टाइनमा

विराटनगर चैत्र २८ ।

विराटनगर महानगरमा चैतयता विभिन्न देशबाट ३ सय १८ जना विराटनगर आएको लगत संकलन गरीएको छ । उनीहरु केहि घर मै र केहि क्वारेन्टाइन बसेका छन् । बिराटनगरबाट स्वाब टेस्टका लागि पठाइएका कुनै पनि मानिसमा कोरोना देखिएको छैन  ।

उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको विराटनगर महानगरका फोकल डाक्टर साहिल थपलियाले बताए । महानगरको बुधनगरस्थित क्वारेन्टाइनमा १४ जना बसेको र अहिलेसम्म ३ जना १४ दिन पूरा गरेर घर फर्किसकेका छन् ।  विराटनगरमा २ सय २० शैयाको क्वारेन्टाइन रहेको छ ।

स्थानीय निकाय अन्तर्गत विराटनगरका सबै वडाले विदेशबाट आएको लगत संकलन गर्ने कार्य गरेको थियो । लगत संकलन गरिएको भन्दा बढी नै विराटनगर आएको अनुमान गरिएको छ र यदि कोहि त्यस्तू भए घर मै सुरक्षित रहन पनि अपिल गरिएको छ ।

रोकथामका लागि बिभिन्न अभियान संचालन :

विश्वभर फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि विराटनगरमा बिभिन्न अभियान संचालनमा रहेका छन् । विराटनगरका बिभिन्न स्थानमा रोकथामका लागि जनचेतनामूलक सामग्री देखि फिभर क्लिनिक तथा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियान सम्म विराटनगरमा जारी रहेको अवस्था छ ।

बिराटनगर महानगरपालिकाले टोलटोलमा संचालनमा ल्याएको फिभर क्लिनिकमा पनि मानिसहरु आउने क्रम जारीरहेको छ। कोरोनाको लक्षण मौसमी रुघाखोकी तथा ज्वरोको लक्षण मिल्दोजुल्दो हुने भएकाले स्थानीयमा त्रास फैलिन सक्ने भन्दै महानगरले टोलटोलमा क्लिनिक संचालन भैरहेको महानगरले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्