विराटनगरमा राहत वितरणमा स्थानीय असन्तुष्ट, जनप्रतिनिधि माथि नै हातपात

विराटनगरमा राहत वितरणमा स्थानीय असन्तुष्ट, जनप्रतिनिधि माथि नै हातपात

विराटनगर चैत २९,

विराटनगरका सबै वडामा अहिले विपन्न परिवारलाई राहत वितरणको काम भइरहेको छ । विराटनगरका आधा भन्दा बढी घरधुरीलाई राहत वितरण गर्न लागिएको तथ्यांकले देखाएको छ तर विराटनगरका स्थानीय विपन्न परिवार भने राहत पाइएन भनेर आक्रोशित छन् ।

विराटनगर १४ मा आज विहानदेखि राहत नपाएको विषयमा होहल्ला मच्चाएको थियो । यस्तै विराटनगर ११, १२ ,१९ मा पनि राहत नपाएको गुनासो आइनै रहेको छ ।

यतिमात्र होईन राहतको विषयमा विराटनगरमा जनप्रतिनिधिमाथि नै हातपातको घटना भएको छ । राहत नपाएको भन्दै  वडा नम्बर ६ की वडा सदस्य सुशीला पासवानमाथि केही आक्रोशित जनताले हातपात समेत गरेको उनलेे बताएकी छिन् ।

उनका छोराका अनुसार उनिमाथि विहिवार साँझ केही स्थानीयले हातपात गरेका थिए । हातपात गर्नेलाई बिहीबार नियन्त्रणमा लिएर शुक्रबार छाडिएको प्रहरीले बताएको छ।

विराटनगरमा स्थानीय निकायले कुल घरधुरीको आधा राहतस्वरूप वितरण गरेपनि धेरैले राहत नपाएको गुनासोले कतै राहतको नाममा गलत व्यक्तिले फाइदा त उठाएको छैन ? भन्ने प्रश्न विराटनगरका बासिन्दाको मनमा उठ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्