विराटनगरमा साँझ ५ बजेबाट लकडाउन कडा बनाइयो, चोकचोकमा प्रहरी

विराटनगरमा साँझ ५ बजेबाट लकडाउन कडा बनाइयो, चोकचोकमा प्रहरी

विराटनगर चैत २९,

विराटनगरमा अहिले ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुदा यसलाई नियन्त्रण गर्न लकडाउन कडा बनाउन लागिएको ह‍ । प्रहरी सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गर्दै आएको छ ।

५ बजेपछि पसल,मोटरसाइकल लगायत सबै बन्द गराउदै प्रहरी चोकचोकमा पुगेको छ । केही दिन देखि साँझ विराटनगरमा पसल खुल्ने तथा मानिसहरूको चहलपहल हुदै आएको थियो ।

कोरोना भाइरसको नियन्त्रणको लागि अझ प्रभावकारी बनाउन लकडाउनलाई कडा बनाउन लागिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्